आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री कार्यालय रहेकोे भवनमा सर्दै गृह मन्त्रालय

प्रधानमन्त्री कार्यालय रहेकोे भवनमा सर्दै गृह मन्त्रालय

आगामी वैशाखदेखि गृह मन्त्रालय अर्को भवनमा सर्ने भएको छ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं– आगामी वैशाखदेखि गृह मन्त्रालय अर्को भवनमा सर्ने भएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो।

मन्त्रालय सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापाले निरीक्षण गरेका छन्। 

०७२ वैशाखको भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो।

सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको काम हुँदै आएको थियो।

डेढ महिनाअघि सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान (सिंहदरबारको पूर्वी भवन) मा सरेको छ। अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृह मन्त्रालय सर्न लागेको हो।

हाल गृह मन्त्रालय रहेको भवन पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ बनाउने तयारी सरकारको छ।
 

प्रकाशित: Apr 02, 2021| 07:46 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।