आइतबार, भदौ १४, २०८३

आजदेखि उठ्ने भयाे काठमाडाैंकाे फाेहाेर

एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं - एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ।

काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच सहमति भएपछि फोहोर उठ्ने भएको हो।

‘सिसडोलवासी दुर्गन्धमा बाँचिरहेका छन्, यसबापत् केही माग राखेका हौं,’ सिसडोल ल्याण्डफिल्ड साइट संघर्ष समिति अध्यक्ष उत्तम पाठकले भने, ‘महानगरले सिसडोलवासीको माग सम्बोधन गर्ने सम्झौता गरेपछि फोहोर फोहोर उठ्ने भएको हो।’

सिसडोलको फोहोरमैला व्यवस्थापन क्षेत्र, शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै फोहोर विसर्जनको विरोध गर्दै आएका थिए।

महानगरपालिका र स्थानीय वासिन्दाबीच भएको सहमतिको मस्यौदा तयार पारी आजैबाट फोहोर उठाउने काम सुरु हुने पाठकले जानकारी दिए।

सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले आगामी आर्थिक वर्षमा तीन–तीन करोड रूपैयाँ पाउने भएका छन्।

त्यस्तै प्रभावित क्षेत्रमा संघीय सरकारको दरबन्दी आएपछि स्वतः रद्द हुने गरी ५१ जना शिक्षकका लागि महानगरपालिकाले अनुदान दिनुपर्ने, ककनी गाउँपालिका  र  धुनिबेसी नगरपालिकाका स्थानीय बिरामी परेपछि महानगरले सके निःशुल्क नसके सहुलियतमा उपचार गर्नुपर्ने सम्झौता भएको छ।

प्रभावित क्षेत्रमा १५ शैय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गरी चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने महानगरपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रकाशित: Apr 02, 2021| 07:23 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।