आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै 

देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै 

सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै छ। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं – सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आजदेखि १२ जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने भएको हो। 

झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा कार्यक्रम सञ्चालन गरिँदै छ। 

नेपालमा करिब ३० हजार हात्तीपाइले रोगी रहेको र यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि खुवाइरहेको छ।

सुरुमा नेपालमा ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेपछि अहिले घटेर १२ जिल्लामा सीमित छ। 

नेपालमा अहिले पनि ७४ लाखभन्दा धेरै मानिस हात्तीपाइले रोगको जोखिममा रहेको महाशाखाका निर्देशक डा. कृष्ण पौडेल बताउँछन्। 

सरकारले सन् २००३ देखि ११ करोड भन्दा बढी मात्रा औषधि खुवाइसकेको छ। 
 

प्रकाशित: Apr 02, 2021| 06:55 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।