आइतबार, भदौ १४, २०८३

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक सुरु

नेकपा (एमाले) माधव–झलनाथ पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं – नेकपा (एमाले) माधव–झलनाथ पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ।

बैठक कलंकीस्थित मेगा बैंक्वेटमा सुरु भएको हो। 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी रूपमा विधान संशोधन, केन्द्रीय कमिटी  विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि माधव–झलनाथ पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा जुटेको छ।

बिहीबार मात्रै कास्कीमा समानान्तर जिल्ला कमिटी गठन गरिएको छ। 

नेता माधवकुमार नेपालसहित गएर त्यहाँ समानान्तर कमिटी गठन गरिएको हो। यो समूहले केन्द्रदेखि गाउँ तहसम्म कमिटी विस्तार गरेर अगाडि बढ्ने रणनीति बनाएको छ।

हालसम्म अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइसकेका छन्। आजको स्थायी कमिटी बैठकले थप रणनीति तय गर्ने बताइएको छ।

ओलीले यो समूहका नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए। 

चित्त बुझ्दो जवाफ नआएको र गुटबन्दी गरेको तथा पार्टी हित विपरीत काम गरेको भन्दै ६ महिनाका लागि चारैजनालाई ओलीले निलम्बन गरिसकेका छन्।

प्रकाशित: Apr 02, 2021| 06:09 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।