काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ९०० ले बढेको हो।
आज प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको छ। आज प्रतितोला चाँदी १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।