काठमाडौं– र्याडिसन होटलले ज्योतिको पाइला नामक कार्यक्रम सञ्चालन गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत होटलले खोटाङको श्री ज्योति माध्यमिक विद्यालयका विद्यार्थीका लागि कार्यक्रम गरेको हो।
बिहीबार आयोजित कार्यक्रममा ४० जना विद्यार्थी सहभागी थिए। उनीहरुलाई होटलको टुरसमेत गराइएको थियो। विद्यार्थीहरुलाई होटल उद्योग, यस क्षेत्रमा रोजगारीका सम्भावनाहरु, भर्ना प्रक्रिया आदिका बारेमा जानकारी गराइएको होटलले जनाएको छ।
पाँचतारे होटल भ्रमण गरी त्यहाँको सुविधाहरु लिन पाउँदा विद्यार्थीहरु खुसी भएका थिए।