शनिबार, असोज १०, २०८३

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं– हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ’ सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बिमा सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।
 

प्रकाशित: Apr 02, 2021| 05:14 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्