काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६७औं शाखा सिराहाको लहानमा संचालनमा ल्याएको छ।
शाखामार्फत ग्राहकको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको जनाएको छ।
सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त प्रदान गर्ने बैंकले जनाएको छ ।