शनिबार, असोज १०, २०८३

रूरू जलविद्युतको आईपीओ आजबाट

 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं– रूरू जलविद्युत परियोजना लिमिटेडले आजबाट शुक्रबार आईपीओ बिक्री खुला गर्दै छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १००  रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँमा सेयर निष्कासन गरेको हो।

कम्पनीले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

उक्त आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई  नियुक्त गरेको छ।

कम्पनीले हुग्दीहोलामा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पना गरी सञ्चालन गरिरहेको छ। यो आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


 

प्रकाशित: Apr 02, 2021| 05:11 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्