काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा पार्टीको आगामी १४औं महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ।
कांग्रेसले आगामी भदौ ७ गते १४औं महाधिवेशनको मिति तोके पनि काम अघि बढ्न सकेको छैन।