आइतबार, भदौ १४, २०८३

पत्रकार महासंघ प्रदेश १ मा ५६ जनाको उम्मेदवारी

चैत २५ मा हुने नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको निर्वाचनका लागि ५६ जनाको उम्मेदवारी दर्ता भएको छ। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

विराटनगर - चैत २५ मा हुने नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको निर्वाचनका लागि ५६ जनाको उम्मेदवारी दर्ता भएको छ। 

२१ पदका लागि ५६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। 

प्रदेश समितिको महिला उपाध्यक्ष र समावेशी सचिवबाहेकका पदमा बागी उम्मेदवारी परेको छ। 

प्रदेश समितिको अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीको उम्मेदवारी परेको छ। 

उपाध्यक्ष खुलामा अर्जुन जम्मनेली, रोहितकुमार राई र लवदेव ढुंगाना, उपाध्यक्ष महिलामा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङ, महासचिवमा फिफराज बेघा लिम्बु, बन्धु पोखरेल, विवेक गौतम र श्रीशिशा राईको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक यज्ञप्रसाद शर्माले बताए।

उनका अनुसार खुला सचिव पदमा अविजाल बिष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बु, सचिव समावेशीमा सन्तवीर लामा र सन्तोष यादव, कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालको उम्मेदवारी परेको छ। 

खुला सदस्यहरूमा कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई,  गोपालप्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज उप्रेती, युवराज विवश, लीलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई, सुरेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्। 

सदस्य महिलामा देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठक,  सदस्य दलितमा पिबी दियाली र रणध्वज लोहार, सदस्य आदिवासी जनजातिमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवार, सदस्य मधेसीमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फूलचन्द मेहता, ब्रम्हदेव यादव र सूर्यनारायण यादव र  सदस्य अल्पसंख्यकमा तावील अन्सारी, लीलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: Apr 02, 2021| 02:12 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।