आइतबार, भदौ १४, २०८३

जुनारले बजार नपाएपछि डडेल्धुराका किसान काठमाडौंमा

डडेलधुरामा उत्पादन भएको जुनारले बजार नपाएपछि किसान काठमाडौं आएका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं- डडेलधुरामा उत्पादन भएको जुनारले बजार नपाएपछि किसान काठमाडौं आएका छन्।

जुनारको बजारीकरण गरिदिन अनुरोध गर्दै डडेल्धुराका किसानले कृषि तथा पशुपंछी विकास मन्त्री पद्मा अर्याललाई अनुरोध गरेका हुन्।

किसानले मन्त्री अर्याललाई आफ्नो उत्पादन जुनार उपहार दिँदै बजारीकरणको व्यवस्था गरिदिन अनुरोध गरेका छन्। 
त्यस्तै सिचाईँको अभावमा जुनारको बोट मर्ने समस्या रहेको पनि मन्त्री अर्याललाई सुनाए। 

आफ्ना समस्या समाधानका लागि सिचाईँको व्यवस्था एवम् बजारीकरणका लागि सहयोग गरिदिन मन्त्रीलाई गुहारे। 

भागेश्वर गाउँपालिका ५ चुल्ल-शिराड डडेल्धुराका किसानले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत् जुनार उत्पादन गर्दै आएका छन्। 

अहिले बजारीकरणका लागि १३ सय किलो जुनार लिएर काठमाडौंमा आएको अगुवा किसान अन्तराम जोशीले बताए। 

‘बाउ बाजेको पालादेखि नै डडेल्धुरामा जुनारको खेती गरिँदै आएको छ। तर बजारीकरणको अभावमा बारीमै कुहिएर जाने अवस्था छ’ जोशीले भने, ‘बजार नपाएका कारण अहिले हामीले कृषक समूहमार्फत् बजारीकरण, प्रचारप्रसारका जुनार लिएर काठमाडौं आएका हौँ।’ 

मन्त्री अर्यालले डडेल्धुराको जुनार उत्पादन वृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिन्। 

त्यस्तै बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेल्धुराका कृषकहरुको उत्पादनलाई बिक्रि वितरण गर्न सहजिकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिइन्। 

उनले जुनार उत्पादन क्षेत्रमा सिचाईको व्यवस्था समेत गरिने बताइन्। जुनार लिएर काठमाडौं आएका समूहका अगुवा किसान नारायणदत्त जोशीले सिचाईँको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरे।

प्रकाशित: Apr 01, 2021| 13:18 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।