आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किसुनजीलाई सम्झँदै कांग्रेसले गर्‍यो मेलम्चीको स्वागत 

किसुनजीलाई सम्झँदै कांग्रेसले गर्‍यो मेलम्चीको स्वागत 

नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं उपत्यकामा खसेकोमा खुसी व्यक्त गरेको छ। 
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं उपत्यकामा खसेकोमा खुसी व्यक्त गरेको छ। 

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मेलम्चीको पानी उपभोग गर्न पाएकोमा काठमाडौं उपत्यकावासीलाई बधाई दिएका हुन्।

उनले मेलम्चीको पानी काठमाडौं ल्याउने योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ( किसुनजी) लाई स्मरणसमेत गरेका छन्।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्ततः साकार हुन पुगेको छ,’ उनले भनेका छन्, ‘यो घडीमा नेपाली कांग्रेस सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौं उपत्यकावासीमा विशेष बधाई ज्ञापन गर्दछ।’ 

कांग्रेसले मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नवीन परियोजनाका लागि थप मार्गप्रशस्तसमेत गरेको जनाएको छ।

‘नेपाली कांग्रेसको सरकारले सुरु गरेको परियोजना अनेक प्रतिकूलता चिर्दै सफल हुन निश्चय नै दुई दशकभन्दा बढी समय लाग्यो, तर यो सफलता उपत्यकासँगै पूरै देशका लागि हर्ष र गौरवको घडी बनेको छ,’ शर्माले भनेका छ्न्, ‘यो घडीमा सन्त नेता किसुनजीसहित यसको सुरुआतदेखि सफलतासम्म सरिक सबैलाई हामी सम्मानपूर्वक स्मरण गर्दछौं।’

कांग्रेसले आयोजनामा जोडिएका इन्जिनियर, आर्थिक र भौतिक सहयोग गर्ने वैदेशिक सहयोगदाता, आयोजना सञ्चालन गर्ने सरकार र राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद दिएको छ।

यस्तै श्रमिक, दुर्घटनामा जीवन गुमाएका, सिन्धुपाल्चोक जिल्लावाी र मेलम्चीका स्थानीय नागरिकलाई पनि धन्यवाद दिएको छ।

प्रकाशित: Apr 01, 2021| 12:03 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।