आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट 

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट 

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच आज शिष्टाचार भेट भएको छ।  
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच आज शिष्टाचार भेट भएको छ।  

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए। 

सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै दुुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताए। उहाँले इजरायलले कोरोना नियन्त्रण र आम नागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गरे।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले दुई देशका संसद–संसदबीचको सम्बन्धलाई जीवन्त बनाउन दुवै देशबाट पहल र प्रयत्न हुने विश्वास व्यक्त गरे।

उनले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण लगायतका सबै क्षेत्रमा सम्बन्ध र सहकार्यको ढोका छिट्टै खुल्नेमा आफू आशावादी रहेको बताए।

सभामुख सापकोटाले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै नेपालीहरुलाई इजरायलले रोजगारीको अवसर दिएकोमा धन्यवाद ज्ञापन गरे। उनले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताए।

राजदूत गोडेरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे। उनले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए।

राजदूत गोडेरले इजरायलका ५० प्रतिशत नागरिकले कोरोना विरुद्धको दुबै डोज खोप लगाइसकेको जानकारी गराउँदै कोरोना विरुद्धको लडाइँमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Apr 01, 2021| 11:58 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।