काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको टिप्पणी गरेका छन्।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको वैधानिकतामा प्रश्न उठाउँदै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा नै फर्काउने गरेको आदेशको पुनरवलोकन नगर्ने सर्वोच्चको निर्णयपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो।
‘सर्वोच्च अदालतले फागुन २३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरवलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेशझैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो,’ उनले भनेका छन्।
उनले यो गलत निर्णयप्रति आफूहरुको तीव्र असहमति रहेको बताएका छन्। उनले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेकाले सबै जाग्नुपर्नेसमेत बताएका छन्।