शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १२.८८ अंकले बढ्यो नेप्से, प्री ओपनिङ सेसनमा हालसम्मकै उच्च विन्दु

१२.८८ अंकले बढ्यो नेप्से, प्री ओपनिङ सेसनमा हालसम्मकै उच्च विन्दु

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२.८८ अंकले बढेर २६३१.८९ अंकमा अडिएको छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२.८८ अंकले बढेर २६३१.८९ अंकमा अडिएको छ।

प्री ओपन सेसनमा भने नेप्सेले नयाँ इतिहास रचेको छ। बिहीबारको प्री ओपनिङ सेसनमा बजार २६.४८ अंकले बढेर २६४५.५० अंकमा पुगेको थियो। 

यसअघि नेप्सेको रेकर्ड २६४३ अंकमा सिमिति रहेको थियो। तर नियमित कारोबार खुल्ने वित्तिकै नेप्सेले ओरालो यात्रा तय गर्‍यो र अन्तमा १२.८८ अंकले मात्र बढेर २६३१ अंकमा अडियो। 

यसदिन चारवटा समूह होटल तथा पर्यटन ७७.२२, जीवन बीमा ५६.६६, म्युचल फन्ड ०.०३ र इन्भेष्टमेन्ट समूह १.०९ अंकले ओरालो लागेको छ। बिहीबार बैंकिङ ५.४३, कारोबार ३६८.५७, विकास बैंक ५२.८८, जलविद्युत २४.०९, फाइनान्स २३.०६, निर्जीवन बीमा २५.०१, उत्पादनमूलक १२.७४, अन्य ६३.९४ र लघुवित्त २.६९ अंकले उकालो लागेको नेप्सेले जनाएको छ।

बिहीबार सबैभन्दा बढी साञ्जेन जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन्। त्यस्तै युनाइटेड फाइनान्स, किसान माइक्रोफाइनान्स, वोमी लघुवित्त, एनआईसी एसिया लघुवित्त, अजोड इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको थियो। 

यसदिन सबैभन्दा बढी गुमाउनेमा एचआइडीसीएलका लगानीकर्ताहरु छन्। यस कम्पनीको सेयर ५ प्रतिशतभन्दा बढीले मूल्य घटेको छ। कम्पनीले केही दिनअघि मात्र शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो। 

त्यस्तै यसदिन कारोबार रकमको आधारमा सबैभन्दा बढी कारोबार अपर ताकोशीको भएको छ। सो कम्पनीको २९ करोड ५६ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ।

प्रकाशित: Apr 01, 2021| 11:10 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्