काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ।
कोभिडका कारण थप १ जनाको मृत्यु हुँदा हालसम्म नेपालमा तीन हजार ३१ जनाले कोभिडका कारण ज्यान गुमाएका छन्। त्यस्तै थप ६५ जना कोभिडमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा दुई लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन्।
हाल नेपालमा १५ सय ७९ जना आइसोलेसन र ६३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ७५ हजजार ५४० वटा पीसीआर गरिएको मन्त्रालयले जानकारी दिएको छ।