आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घनश्याम भुसाल भन्छन्- ओलीले गरेका बर्बादीका लागि म माफी माग्छु

घनश्याम भुसाल भन्छन्- ओलीले गरेका बर्बादीका लागि म माफी माग्छु

नेकपा एमालेको नेपाल–खनाल समूहका नेता घनश्याम भुसालले केपी ओलीले पार्टी अध्यक्षका रुपमा गरेको बर्बादीका लागि मार्फ मागेका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं- नेकपा एमालेको नेपाल–खनाल समूहका नेता घनश्याम भुसालले केपी ओलीले पार्टी अध्यक्षका रुपमा गरेको बर्बादीका लागि माफी मागेका छन्।

सामाजिक सञ्जाल फेसबुका आक्रोशपूर्ण स्टाटस लेख्दै नेता भुसालले ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर आफूहरुले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेसमेत बताएका छन्।

भुसालले असिमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको उल्लेख गरेका छन्।
साथै उनले ओलीले पार्टीको चीरहरण गरेको र लोकतन्त्रको हुर्मत लिएकोसमेत उल्लेख गरेका छन्।

यस्तो छ भुसालको स्टाटस

असिमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्सी भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो। एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ। उनका लागि संसारमा या त चाकर छन् या शत्रु।
उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला÷गर्नेछौँ। तर यीनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ। उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ। मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु।

प्रकाशित: Apr 01, 2021| 09:13 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।