आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट निलम्बित

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट निलम्बित

नेकपा (एमाले) ले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। 
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– नेकपा (एमाले) ले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। 

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दुवैलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको हो। 
एमालेको केन्द्रीय कमिटीले यही चैत ८ गते चार नेतालाई स्पष्टीकरण सोधेको थियो।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन्। नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि पार्टी सदस्यबाट निलम्बन गरेको थियो।

प्रकाशित: Apr 01, 2021| 07:29 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।