आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रमा पनि समानान्तर कमिटी गठन हुन्छ : माधव नेपाल 

केन्द्रमा पनि समानान्तर कमिटी गठन हुन्छ : माधव नेपाल 

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गरिने बताएका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

पोखरा– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गरिने बताएका छन्।

कास्कीमा बिहीबार पार्टीको समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन्। 

एमालेभित्र आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा नेपाल समूहले कास्कीबाट समानान्तर कमिटी गठन अभियान सुरु गरेको छ।

नेता नेपालले अर्का नेता वामदेव गौतम पनि आफ्नै पक्षमा रहेको भन्दै केपी ओलीको अतिवादविरुद्ध राजनीति र वैचारिक प्रशिक्षण चलाउने बताए। 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि समानान्तर हिसाबले अगाडि बढेको नेकपा एमालेको माधव नेपाल–झलनाथ पक्षले पोखरामा समानान्तर जिल्ला कमिटी गठन गरेको हो। 

एमालेबाट ६ महिनाका लागि निलम्बित वरिष्ठ नेता नेपाल अर्का नेता सुरेन्द्र पाण्डेसहित समानान्तर जिल्ला कमिटी घोषणा गर्न बुधबार पोखरा पुगेका थिए। 

नवौं महाधिवेशनपछिको नेकपा एमालेको कास्की जिल्ला अध्यक्ष कृष्ण थापा छन्। कास्कीमा जिल्ला कमिटीदेखि सबै जनप्रतिनिधि संस्थापन पक्षमा छन् ।

कास्की लगायत गण्डकी प्रदेशमै ओलीको पकड बलियो छ। माधव नेपालले आफ्नो पकड कमजोर रहेकै ठाउँमा पुगेर समानान्तर जिल्ला कमिटी बनाएका हुन्।

प्रकाशित: Apr 01, 2021| 05:27 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।