आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डको पुनरवलोकन सम्बन्धी मुद्दा प्रधानन्यायाधीशसमेतको पूर्ण इजलासमा

प्रचण्डको पुनरवलोकन सम्बन्धी मुद्दा प्रधानन्यायाधीशसमेतको पूर्ण इजलासमा

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरूद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको पुनरवलोकन मुद्दामा आज सुनुवाइ हुने भएको छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं - फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरूद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको पुनरवलोकन मुद्दामा आज सुनुवाइ हुने भएको छ।

नेपाल कम्युनिस्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्‍याइदिने अदालतको फैसलाविरुद्ध मंगलबार  प्रचण्डले पुनरावलोकन निवेदन दिएका थिए।

उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसमेत सलग्न रहेको पूर्ण इजलासमा राखेर सुनुवाइ गर्न लागेका छन्।

सर्वोच्च अदालतका अनुसार प्रचण्डको पुनरवलोकन मुद्दामा  प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी  र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दै छ। 

इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्नेछ।

प्रकाशित: Apr 01, 2021| 04:54 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।