महोत्तरी – महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्। गोली प्रहारबाट बर्दिवास नगरपालिका-१ का रोशन कोइराला घाइते भएका हुन्।
कोइरालामाथि बुधबार साँझ औरही नगरपालिका-४ स्थित सेरामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका उनलाई लागि काठमाडौं ल्याइएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।