काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही कारण केही दिनदेखि धुम्लीएको काठमाडौं उत्यकाको मौसम बुधबारको पानीले सङ्लिएको छ।
आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ भने बाँकी भूभागमा बदली नरहेता पनि तुवाँलो रहेको छ।
बुधबारको पानीले केही दिनदेखि आकाशमा जम्मा भएको वायु प्रदूषण कम हुने अनुमान गरिएको छ। बुधबार नै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि पानी परेको थियो।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।
त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।