आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। 
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

विराटनगर – नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। 

चैत २३ गतेको संसद् बैठक अगावै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले बताए। उनको संसदीय दलको बैठकमा समर्थन फिर्ता लिनेबार छलफल भइरहेको बताए। 

पुस ५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघठन गर्ने निर्णयपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पुस १२ गते तत्कालिन नेकपा दाहाल–नेपाल समूहका ३७ जना सांसदले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए। 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्यूँताएपछि  एमालेको नेपाल समूहका १६ सांसदले मंगलबार सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिइसकेका छन्। मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गरेका ७ जनाले यसअघि नै फिर्ता लिएका थिए। 

'संसद बैठकबाटै समर्थन फिर्ता लिईने छ,’ उनले भने। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राई नेतृत्वको सरकारलाई कुनै असर पर्ने छैन। प्रदेश सभामा एमालेको एकल बहुमत छ। एमालेका ५१ सांसद छन्। 

प्रदेश १ मा बहुमतको सरकार निर्माणका लागि ४७ जना सांसद आवस्यक पर्छ। एमाले बाहेकका दलका ४२ जनामात्रै सांसद छन्।

प्रकाशित: Apr 01, 2021| 02:22 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।