आइतबार, भदौ १४, २०८३

लामो समयपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले साँझ ६ मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिइन्।

उनका अनुसार आजको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो।

बैठकमा मन्त्रालयका नीतिगत निर्णय हुने बताइएको छ। 

यसअघि मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो। पुनरनिर्माण पछि नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय सरेपछि पहिलोपटक त्यहाँ बैठक बस्न लागेको हो।

प्रकाशित: Apr 01, 2021| 01:59 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।