आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लेला?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लेला?

अहिले बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं - सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ।

अहिले बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

आज समर्थन फिर्ताको निर्णय हुन्छ त भन्ने प्रश्नमा उनले बैठक बस्न लागेको र त्यही छलफल हुने जानकारी दिइन्।

‘हामी उपलब्ध स्थायी कमिटीका सदस्यहरूको बैठक बस्दैछौं,’उनले भनिन्,‘अहिलेको राजनीतिक विषयवस्तु लगायत बारेमा छलफल हुन्छ। समर्थन फिर्ता लगायतका अन्य विषय पनि बैठकमै छलफलपछि मात्रै टुंगो लाग्छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि नेताहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत देखाइरहेका बेला आजको बैठकले आवश्यक निर्णय लिन सक्ने बताइएको छ। 

गत शनिबार बृहत्त नागरिक आन्दोलनले गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि छिट्टै निर्णय लिने बताएका थिए।

बुधबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुरूङले पनि प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताएका थिए।

राजनीतिक रुपमा माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।

माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका कारणले पनि नयाँ सत्ता समीकरण अन्यौलमा परेकाले आजको बैठकबाट निर्णय लिन सक्ने देखिएको छ।

प्रकाशित: Apr 01, 2021| 01:40 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।