आइतबार, भदौ १४, २०८३

बालिकामाथि यौन दुर्व्यबहारको आरोपमा युवक पक्राउ

गत माघ २५ गते १० वर्षीय बालिकामाथि यौन दुर्व्यबहार गरेको आरोपमा बहुदरमाई नगरपालिका-७ निवासी ४५ वर्षीय भुनेश राउत कुर्मी पक्राउ परेका हुन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

पर्सा - बालिकामाथि यौन दुर्व्यबहार गरेको आरोपमा पर्साको बहुरमाई नगरपालिकाबाट एक जना पक्राउ परेका छन्। 

गत माघ २५ गते १० वर्षीय बालिकामाथि यौन दुर्व्यबहार गरेको आरोपमा बहुदरमाई नगरपालिका-७ निवासी ४५ वर्षीय भुनेश राउत कुर्मी पक्राउ परेका हुन्।

कुर्मीविरुद्ध बाल यौन दुरुपयोगको मुद्दामा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा बाल यौन दुर्व्यबहार भएको खुलेको प्रहरी निरीक्षक थापाले बताए। मेडिकल परीक्षणका लागि बालिकालाई नारायणी अस्पताल पठाइएको उनले बताए।

यता घटनालाई गाउँघरमै मिलाउन जनप्रतिनिधि र स्थानीय पञ्चसमेतको रोहबरमा मिलापत्र गरिएको पाइएको छ। दुर्व्यबहारमा परेकी बालिकाको परिवारलाई एक लाख रुपैयाँ दिन सहमत गराएर कुर्मीलाई गाउँबाट भगाएको आरोप लागेको छ।

प्रकाशित: Apr 01, 2021| 00:58 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।