आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपेन्द्रसँग देउवाले भने– जसपाको निर्णय नआई अघि बढ्न सकिँदैन

उपेन्द्रसँग देउवाले भने– जसपाको निर्णय नआई अघि बढ्न सकिँदैन

‘तपाईंहरूकै पार्टीमा दुईधार छ। महन्थ ठाकुरहरु ओलीसँग वार्ता गरिरहेका छन्। कसरी विश्वस्त हुने?,’ देउवाले भनेका थिए,  ‘म परिस्थिति परिपक्व बनेको देख्दिनँ, कसरी अग्रसरता लिनु?’ 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सम्भावित सत्ता समीकरणबारे छलफल भएको छ।

बुधबार अपराह्न दुई नेताबीच देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा यादवले देउवालाई ओलीको विकल्प खोज्न अग्रसरता लिन आग्रह गरेका थिए।

तर, देउवाले भने जसपाको भूमिकाबारे आशंका जनाएको स्रोतको दाबी छ। ‘ओलीको विकल्प खोज्नुपर्छ। तपाईंले अग्रसरता लिनुहोस्, कांग्रसकै नेतृत्वमा अघि बढौं,’ यादवले देउवासँग प्रस्ताव गरेका थिए। 

देउवाले भने जसपाभित्र दुई धार देखिएकाले ढुक्क हुने स्थिति नरहेको जबाफ दिएका थिए। ‘तपाईहरुकै पार्टीमा दुईधार छ। महन्थ ठाकुरहरु ओलीसँग वार्ता गरिरहेका छन्। कसरी विश्वस्त हुने?,’ देउवाले भनेका थिए,  ‘म परिस्थिति परिपक्व बनेको देख्दिनँ, कसरी अग्रसरता लिनु?’ 

जवाफमा यादवले ओलीको विकल्प खोज्ने पक्षमा आफूहरु रहेको बताएका थिए। तर, देउवाले जसपाले ओलीसँग सम्झौता नगर्ने निर्णय नगरी अघि बढ्न नसकिने जवाफ फर्काएको देउवा निकट स्रोतले जानकारी दियो।  

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई भेटेका थिए। दाहालले पनि देउवालाई ओलीको विकल्प खोज्न अग्रसरता लिने आग्रह गरेका थिए।

देउवालाई भेटेलगत्तै दाहालले जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई समेत भेटेका थिए।

जसपाको उपेन्द्र–बाबुराम खेमा ओलीको विकल्प खोज्ने पक्षमा देखिएको छ। यस्तै महन्थ र राजेन्द्र महतो खेमा भने ओलीसँग सहकार्य गर्न कार्यदल नै बनाएर छलफल गरिरहेको छ।

सत्ता समीकरणमा निर्णायक मानिएको जसपा दुई खेमामा विभाजित भएको छ। जसपाको अनिर्णयले ओलीको विकल्पमा नयाँ समीकरण बन्न सकेको छैन।

प्रकाशित: Mar 31, 2021| 16:19 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।