आइतबार, भदौ १४, २०८३

बागमती प्रदेश सरकारले माग्यो बजेटमा सुझाव

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

हेटौडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गर्दै नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन आम नागरिकसमक्ष अनुरोध गरेको हो। 

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कामको थालनी गरिसकेको जनाउँदै उक्त नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन विभिन्न संघसंस्था, स्थानीय तह, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार जगत् तथा आम नागरिकसमक्ष सुझाव माग गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। 

नीति तथा कार्यक्रमका बारेमा दिइने सुझाव विसं २०७७ को चैत मसान्तभित्र कार्यालयले उपलब्ध गराएको विद्युतीय ठेगानामा पठाइसक्नुपर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Mar 31, 2021| 14:59 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।