आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी निर्वाचित

एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी निर्वाचित

नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट जानकीदेवी राम निर्वाचित भएकी छन्।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं- नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट जानकीदेवी राम निर्वाचित भएकी छन्।

निर्वाचन आयोगले रिक्त पदमा राम निर्वाचित भएको जनाएको छ। 

एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी राम निर्वाचित भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

आयोगले यसबारेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ।

चैत ७ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सानु शिवानको निधन भएपछि रिक्त पदमा जानकीलाई निर्वाचित गर्न आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो। 

जानकीदेवी राम निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १२१ सांसद भएका छन्।

प्रकाशित: Mar 31, 2021| 12:26 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।