काठमााडौं- सरकारले कोरोना संक्रमणको बढ्दो जोखिम र नयाँ भेरियन्टलाई मध्यजनर गर्दै काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टीजेन परीक्षण गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको इन्सिडेण्ट कमाण्ड सिस्टमको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा बेलाबेलामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ।
सरकारले सबै जिल्ला प्रशासनलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्न ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ।
बैठकको निर्णय सुनाउँदै मन्त्रालयका प्रवक्ता गौतमले संघीय अस्पताल, प्रादेशिक अस्पताल तथा सबै आधारभूत अस्पतलामा कोभिड–१९ को उपचारको व्यवस्थापन गर्ने र एचएमआईएसमा जानकारी गराउनुपर्ने निर्णय भएको बताए।
एचएमआइएसमा जानकारी भएअनुसार नै मन्त्रालयले उक्त अस्पताललाई शोधभर्ना गर्न सक्ने उनले बताए। साथै कोभिड १९ परीक्षण गर्ने सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
प्रदेशमा आइसोलेसन सेन्टर बनाउन पठाएको रकमको प्रदेशले प्रतिवेदन पठाउन र अपुग रकमको माग गर्न मन्त्रालयले आग्रह गरेको छ।
अपुग रकम निकासा सम्बन्धमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालालई पत्राचार गर्ने बैठकले निर्णय गरेको छ। साथै सबै पालिकाहरुमा जोखिमयुक्त क्षेत्र पहिचान गरी एन्टिजेन परीक्षण बढाउने कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउने निर्णय बैठकको निर्णय छ।