काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकभर १६२ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ९१९ पीसीआर परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ। पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ४९३ छ। आज काठमाडौं उपत्यकामा ६७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।