आइतबार, भदौ १४, २०८३

बागलुङ हत्याकाण्डका ६ जना अभियुक्त पक्राउ 

बागलुङमा होली खेल्ने क्रममा उब्जेको विवाद र त्यसपछि भएको झडप अनि हत्यामा संलग्न रहेको आरोप लागेका ६ जना आज बुधबार पक्राउ परेका छन्। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

पोखरा– बागलुङमा होली खेल्ने क्रममा उब्जेको विवाद र त्यसपछि भएको झडप अनि हत्यामा संलग्न रहेको आरोप लागेका ६ जना आज बुधबार पक्राउ परेका छन्। 

प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा बागलुङबाट ११ जना र पोखराबाट समेत खटिएको प्रहरी टोलीले गुल्मीबाट २ जना र बागलुङबाट ४ जनालाई पक्राउ गरेको हो। 

अनुसन्धान जारी रहेको र घटनामा संलग्न अरुको समेत खोजी भइरहेकाले हाल पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको एसपी पल्लीमगरले बताए। उनले भने, ‘अनुसन्धान जारी छ, केही मानिस पक्राउ परेका छन्, खोज्ने क्रम जारी नै रहेकाले अनुसन्धान सकिएपछि मात्रै दोषी सार्वजनिक गर्छौं,’ उनले भने। 

गत आइतबार बागलुङको बडिगाड गाउँपालिका दर्लिङमा झडप हुँदा निसीखोलाका दुई जनाको ज्यान गएको थियो। उक्त घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो।

कुँवर कांग्रेस जिल्ला सदस्य हुन् भने परियार क्रियाशील सदस्य। झडपमा अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना बुर्तिबाङमै उपचार गराएर घर फर्केका छन् भने ज्ञानु परियारलाई थप उपचारका लागि पाल्पा लगिएको छ। 

बागलुङ घटना : झगडा मिलाउन खोज्नेकै हत्या 

 

प्रकाशित: Mar 31, 2021| 10:19 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।