आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘प्रधानमन्त्रीले किड्नीका बिरामीको मर्का बुझेनन्’ 

‘प्रधानमन्त्रीले किड्नीका बिरामीको मर्का बुझेनन्’ 

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सरकारले रेल र पानीजहाजको झुटो सपना देखाएर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई भने उपेक्षा गरेको बताएका छन्।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सरकारले रेल र पानीजहाजको झुटो सपना देखाएर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई भने उपेक्षा गरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भने, ‘स्वास्थ्य क्षेत्रमा कायापलट भयो भन्नुहुन्छ प्रधानमन्त्रीज्यू। तर भक्तपुर किड्नी सेन्टरको अवस्था हेर्नुभयो भने बिजोग छ। डायलोसिसका बिरामीलाई बस्ने ठाउँ पनि छैन। दैनिक ५० जना आउँछन् डायलोसिसका लागि। उनीहरु बाटोमा बस्न बाध्य छन्।’ 

प्रधानमन्त्री आफैं किड्नीको बिरामी भएर पनि किड्नीका बिरामीको मर्का बुझ्न नसकेको गुनासो उनले गरे। 

किड्नी ट्रान्सप्लान्टका लागि करिब ५ सय प्रतीक्षामा रहेको तर दैनिक एक जनाको पनि नभइरहेको सांसद तिमिल्सिनाको भनाइ छ।
 

प्रकाशित: Mar 31, 2021| 09:08 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।