आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले फुटको संकेत, नेपाल–खनाल समूह निकट युवा संघको भिन्नै कार्यालय

एमाले फुटको संकेत, नेपाल–खनाल समूह निकट युवा संघको भिन्नै कार्यालय

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बुधबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गरेर विभाजनको संकेत गरेको  हो।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं– नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ लागेको छ। एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बुधबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गरेर विभाजनको संकेत गरेको  हो।

यो समूहले महिला संघ र अनेरास्ववियुको समानान्तर कमिटी गठन गरिसकेको छ। संघको समानान्तर कमिटीले पहिलोपटक कार्यालय खोलेको हो। 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै पार्टी कार्यालयको खोजी भइरहेको बताएका छन्।

उनले भनेका छन्, ‘तपाईंहरूले कार्यालय खोज्नुभयो, हामीले पनि पार्टी कार्यालय खोजिरहेका छौं।’  

उनले तल्लो तहसम्म कमिटीलाई विस्तार गर्दै लैजान पनि संघका कार्यकर्तालाई निर्देशन दिएका छन्।

भ्रातृसंगठनका समानान्तर कमिटी गठन गरिरहेको नेपाल–खनाल समूहका नेताहरूले भने पार्टी अहिल्यै नफुट्ने दाबी गर्दै आएका छन्। खनाल–नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष युवराज ज्ञवालीले  फरक ढंगले संगठन बनाएर आफ्ना विचार र योजना अगाडि बढाउँदै जाने बताएका छन्।

उनले मंगलबार सञ्चारकर्मीसँग भनेका थिए, ‘हामी तत्काल अर्को पार्टी घोषणा गर्ने अवस्थामा छैनौं। लोकतन्त्र, संघीयता बचाउन सबैसँग मिल्नु नै पर्छ।’ 

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

प्रकाशित: Mar 31, 2021| 08:12 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।