शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकलाई सेवाबारे स्पष्ट जानकारी दिनुपर्ने

भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकलाई सेवाबारे स्पष्ट जानकारी दिनुपर्ने

भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकहरूलाई सेवा शुल्क, शर्तहरू तथा कारोबार सञ्चालन प्रक्रियाबारे स्पष्ट हुने गरी जानकारी दिनुपर्ने भएको छ। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं - भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकहरूलाई सेवा शुल्क, शर्तहरू तथा कारोबार सञ्चालन प्रक्रियाबारे स्पष्ट हुने गरी जानकारी दिनुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबार भुक्तानी सेवा प्रदायकहरूलाई ग्राहक हित संरक्षणसम्बन्धी निर्देशन जारी गरी ग्राहकको हितका लागि संस्थाले ग्राहक साक्षरता अभियान सञ्चालन गर्नुपर्ने र ग्राहकले पाउने सेवा तथा शर्तहरूको बारेमा अनिवार्य जानकारी दिनुपर्ने व्यवस्था गरेको छ। 

त्यस्तै भुक्तानी प्रदायक संस्थाहरूले सेवा प्रदायकहरूको असावधानी एवं लापरबाहीले प्रयोगकर्ताहरूलाई क्षति हुन गए उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि निर्देशन दिएको छ। 

त्यस्तै राष्ट्र बैंकले ग्राहकहरूको गुनासोका लागि गुनासो डेस्कसमेत गठन गरेको छ। जसले बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ। 

राष्ट्र बैंकले डेस्कमा प्राप्त हुने गुनासोसहित त्यसको समाधानमा गरिने कामकारबाहीहरू पनि अभिलेखीकरण गर्न भनेको छ। 

सेवाग्राहीलाई सहज हुने गरी सबै भुक्तानी सेवा प्रदायकहरूले टोल फ्री नम्बर उपलब्ध गराउन पनि पत्राचार गरेको छ। 

हाल नेपालमा १८ वटा भुक्तानी सेवा प्रदायकहरूले ग्राहकलाई सेवा दिइरहेका छन्। 

प्रकाशित: Mar 31, 2021| 08:09 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्