आइतबार, भदौ १४, २०८३

माधव नेपालले भने- पार्टी कार्यालयको खोजीमा छौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालयको खोजी भइरहेको बताएका छन्। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालयको खोजी भइरहेको बताएका छन्। 

आज आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

‘तपाईंहरूले कार्यालय खोज्नुभयो, हामीले पनि पार्टी कार्यालय खोजिरहेका छौं,’ उनले भने, ‘तपाईंहरू सबै लाग्नुस्, तल्लो तहसम्म कमिटीलाई विस्तार गर्दै लैजानुस्।’

उनले युवाहरूलाई आक्रामक रूपमा अगाडि बढ्न निर्देशन दिए।

‘अब हामीले तीव्र रूपमा पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो,’ उनले भने, ‘सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति गर्नेतर्फ लाग्नुपर्छ, सबै हिसाबले उत्कृष्ट बन्नुपर्छ।’

यस्तै उनले कम्युनिष्ट आन्दोलन धरासायी बनाउने काम भइरहेको बताउँदै पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने बताए।

प्रकाशित: Mar 31, 2021| 07:50 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।