आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीले गरे पदभार ग्रहण

स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीले गरे पदभार ग्रहण

स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी एवं सदस्यहरूले पदभार ग्रहण गरेका छन्।  बुधबार परिषद्को कार्यलयमा नवनियुक्त अध्यक्ष प्रा. डा. गेहनाथ बराल, उपाध्यक्ष डा. गौरव ढकाललगायतले पदभार ग्रहण गरेका हुन्। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं - स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी एवं सदस्यहरूले पदभार ग्रहण गरेका छन्। 

बुधबार परिषद्को कार्यलयमा नवनियुक्त अध्यक्ष प्रा. डा. गेहनाथ बराल, उपाध्यक्ष डा. गौरव ढकाललगायतले पदभार ग्रहण गरेका हुन्। 

यस्तै, परिषद्का नवनियुक्त सदस्यहरु डा. बन्दना खनाल, डा. अवधेश तिवारी, डा. सन्तोष शाक्य र डा. रामआधार यादवलेसमेत पदभार ग्रहण गरेका छन्। 

गत बिहीबारको मन्त्रिषरिषद् बैठकले परिषद् अध्यक्षमा प्रा. डा. बराल, उपाध्यक्षमा डा. ढकाल र अन्य चार जना सदस्यहरू नियुक्त गरेको थियो। 

कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष गेहनाथ बरालले  एनएचआरसीमा  पाठ्यक्रम बनाएर काम गर्नुपर्ने आवश्कता रहेको बताए। साथै एनएचआरसीलाई बिकेन्द्रीकरण गरि प्रत्येक प्रदेशमा शाखा  स्थापना गर्ने र त्यहाँकै जनशक्तिलाई परिचालन गर्न आवश्यक रहेको बताए। 

देशमा एकै ठाउँका मानिसको स्वास्थ्यवस्थालाई मात्रै आधार बनाएर अनुसन्धान गर्नु भन्दा  ठाउँ अनुसार छुट्टाछुट्टै अनुसन्धान गर्नुपर्ने  उनले भनाइ छ।

प्रकाशित: Mar 31, 2021| 07:11 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।