आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई महिला पक्राउ

बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई महिला पक्राउ

मोरङ पथरीशनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा झापाबाट दुई जना महिला पक्राउ परेका छन्।  

मोरङ पथरीशनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो। 

सोही स्थानबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धारसमेत गरिएको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।

उनीहरूले दमक नगरपालिका–६ स्थित नयाँ सब्जिमन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाएर यौन धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ। उक्त घर नेम्बाङको हो।

पीडित महिलाहरूले आफूहरू कामको खोजीमा दमक आएको र काम दिन्छु भन्दै बन्धक बनाएर यौन शोषण गर्ने गरेको बताएका छन्। उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी आफन्तजनको जिम्मा लगाइएको छ। 

पक्राउ परेका नेम्बाङ र लिम्बुलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डीएसपी थापाले जानकारी दिए।

प्रकाशित: Mar 31, 2021| 05:37 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।