आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हराइरहेका महोत्तरीका सात बालिका तथा किशाेरी भारतकाे सीतामढीमा भेटिए

हराइरहेका महोत्तरीका सात बालिका तथा किशाेरी भारतकाे सीतामढीमा भेटिए

मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन्। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

जनकपुरधाम - मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन्। 

उनीहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। 

सम्पर्कविहीन हुनेमा महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलका अर्चना पासवान, सीमा पासवान, रंजना पासवान, ज्योति पासवान, रिया पासवान, नगिना पासवान र अस्मिता पासवान हुन्।

नेपाली अधिकारकर्मी सरोज रायले त्यहाँका प्रहरी अधिकारीसँग बालिकाका विषयमा कुराकानी गरेका थिए। 

प्रहरी अधिकारीले बालिकाहरू सकुशल रहेको जानकारी गराएका छन्। उनीहरूको साथमा अरू कोही व्यक्ति नभएको र उनीहरूले गायक बन्नका लागि भारत हिँडेको बताएको प्रहरी अधिकारीको भनाइ छ।

प्रकाशित: Mar 31, 2021| 04:59 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।