आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  घनश्याम भुसाल चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्नुहुन्छ : सूर्य थापा

 घनश्याम भुसाल चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्नुहुन्छ : सूर्य थापा

सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन्। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं - सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले भुसालले जीवनमा दुई वटा मात्रै निर्वाचन जितेको र चुनाव जितिसकेपछि पार्टी विभाजनमा लागेको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो - २०५१ पछि उपनिर्वाचन जित्नुभयो र २०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्‍यो। २०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति?'

 

प्रकाशित: Mar 31, 2021| 04:13 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।