शुक्रबार, असोज ९, २०८३

मेरो सेयरको सेवा अवरूद्ध

मेरो सेयरको सेवा मंगलबार साँझदेखि बन्द भएको छ। बेला-बेलामा समस्या आइरहने मेरो सेयरको सेवा मंगलबार साँझदेखि भने बन्द नै भएको हो।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं - मेरो सेयरको सेवा मंगलबार साँझदेखि बन्द भएको छ।

बेला-बेलामा समस्या आइरहने मेरो सेयरको सेवा मंगलबार साँझदेखि भने बन्द नै भएको हो।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक समस्या देखिएको जनाएको छ।

समस्या समाधानका लागि आकस्मिक रूपमा सर्भरहरू जडान गर्नुगरेको सूचनामा उल्लेख छ।

'सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केही समय लाग्ने भएकाले मिति २०७७/१२/१७ बेलुका ८ बजेदेखि केही समयका लागि मेरो सेयर सेवा अवरूद्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

मेरोसेयर सेवा अवरूद्ध हुँदा मिति २०७७/१२/१६ गते कारोबार भई २०७७/१२/१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको इडिआइएस प्रविष्टि गर्ने समय २०७७/१२/१८ गते बिहान १० बजेसम्म कायम गरिएको बताइएको छ।

प्रकाशित: Mar 31, 2021| 03:59 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्