मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्ताव फिर्ता भएको छ। माधव-झलनाथ समूहले अविश्वासको प्रस्ताव फिर्ता लिएको हो।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराउनेमध्येका एमाले नेता अरुण नेपालले मंगलबार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको जानकारी दिए।
मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० मा प्रचण्ड-माधव पक्षका ४५ सदस्यले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
सर्वोच्च अदालतले नेकपा एकता बदर गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका सांसदहरूले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो।