आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्त्व विभागलाई पुनः ताकेता

अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्त्व विभागलाई पुनः ताकेता

काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्त्व विभागलाई पुनः ताकेता गरेको छ।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं - काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्त्व विभागलाई पुनः ताकेता गरेको छ।

गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो।

पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरू सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृत रूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः आग्रह गरेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्त्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै कामपाले माइकिङ सुरु गरेको हो।

‘पटक–पटक मौखिक र लिखित रूपमा आग्रह गरे पनि विभागले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिरहेका व्यापारी–व्यवसायीलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङ गरेका हौँ’, कामपा प्रहरी प्रमुख धनपति सापकटाले भने, ‘वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरसहितका पसल सञ्चालित छन्। उहाँहरूले आफैँ हटाउन मान्नु भएन भने हामी हाम्रो ढङ्गबाट अघि बढ्छौँ।’

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले कामपाको प्रयासलाई सकारात्मक रूपमा लिएको भन्दै सो क्षेत्र पुरातत्त्वको क्षेत्राधिकारभित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको बताए। रासस

प्रकाशित: Mar 31, 2021| 03:27 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।