काठमाडौं - प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।
आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी र कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।
संघीय संसद सचिवालयका अनुसार विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची समेत रहेको छ।