आइतबार, भदौ १४, २०८३

गण्डकी प्रदेश सभा बैठक चैत २५ बाट

गण्डकी प्रदेश सभाको बैठक चैत २५ गतेबाट बस्ने भएको छ। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

पोखरा – गण्डकी प्रदेश सभाको बैठक चैत २५ गतेबाट बस्ने भएको छ। 

संसद बैठक सकिएको ६ महिनाभित्र अर्को बैठक बोलाउनु पर्ने बाध्यताअनुसार बैठक बस्न लागेको हो। 

हिउँदे अधिवेशनमा विधेयकले प्राथमिकता पाउने भए पनि यसपालि भने सरकारले जम्मा चारवटा विधेयक तयार पारेको छ। 

तीमध्ये एउटामात्र विधेयक संसद सचिवालयमा दर्ता भएको छ। 

बाँकी तीन पनि संसदमा पठाउन सरकारले निर्णय गरिसकेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए। 

चैत २६ गते संसदको बैठक अन्त्य भएको ६ महिना पूरा हुन्छ। 

असोज २६ गते प्रदेशसभाको बर्खे अधिवेशन सकिएको थियो।

चैत २५ गतेबाट बैठक बोलाउन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए। 

त्यसो त कोभिड नियन्त्रणलगायत विषय जोडेर कांग्रेस र समाजवादी पार्टीको मागअनुसार पुस २१ गते माघ ६ गतेसम्म विशेष अधिवेशन चलेको थियो।

विशेष अधिवेशनमा सार्वजनिक जरुरी महत्त्वको प्रस्ताव र साझा संकल्प प्रस्ताव पारित भएका थिए। यसपालि अधिवेशन एक महिनाजति चल्ने बताइएको छ। 

ढुक्क छ सरकार 

गण्डकी प्रदेश सरकारलाई संसद छल्नुपर्ने कुनै कारण देखिएको छैन। 

संख्यात्मक हिसाबमा प्रमुख प्रतिपक्ष कमजोर रहँदा माओवादी केन्द्रका सांसद समेत विश्वासको मत फिर्ता लिने सोचमा नरहेकाले सरकार ढुक्क छ। 

६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन्। 

जनमोर्चाको तीन सांसदको समर्थन लिएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बसेका छन्।

मनाङबाट जितेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को साथ पनि मुख्यमन्त्रीलाई छ। 

प्रमुख प्रतिपक्षी दल कांग्रेसको १५, माओवादीको १२ सांसद हुँदा जनता समाजवादीका दुई सांसद छन्। यी तीन दलको संख्या जोड्दा पनि बहुमत नपुग्ने भएकाले अहिलेको सरकार ढुक्क छ। 

गण्डकी सरकारमा माओवादीसमेत सामेल छ। वागमतीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी गण्डकीमा भने सरकारमै छ।

गण्डकीमा दुईजना मन्त्री माओवादीका छन्।

प्रकाशित: Mar 31, 2021| 01:13 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।