आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा दुई लाख बढीलाई कोरोना भाइरसविरुद्धको खोप

सुदूरपश्चिममा दुई लाख बढीलाई कोरोना भाइरसविरुद्धको खोप

सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाख बढी व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप दिइएको छ। 
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

कैलाली - सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाख बढी व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप दिइएको छ। 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले गत माघदेखि हालसम्म दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको हो। 

कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशमा रहेका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन्। 

कैलालीमा सबैभन्दा बढी ६३ हजार ३९७ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार ९७३, बैतडीमा १६ हजार १९५, डोटीमा १४ हजार ६९७, बाजुरामा १२ हजार ३२६ र  डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएको प्रवक्ता कार्कीको भनाइ छ। 

अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो। 

सुदूरपश्चिमसहित देशभर नै गत माघ १४ गतेदेखि खोप अभियान सुरु गरिएको थियो। 

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा खोप अभियानको शुभारम्भ गरेका थिए। प्रदेशमा पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले लगाएका थिए।

प्रकाशित: Mar 31, 2021| 01:01 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।