आइतबार, भदौ १४, २०८३

मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन्। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन्। 

गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध तत्कालिन नेकपाका ३५ जना सांसदहरुले हस्ताक्षर गरेका थिए। हस्ताक्षर गरेका मध्ये ५ जना गुट परिवर्तन गरी ओली समूहमा गइसकेका छन्। 

नेपाल समूहमा रहेका १६ जना सांसदहरुले सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिएको सांसद राजेन्द्र राईले बताए। हस्ताक्षर फिर्ता लिएको प्रदेशसभालाई जानकारी गराइएको छ। 

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काएको र नयाँ राजनीतिक परिस्थितिको निर्माण भएकाले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको समर्थन फिर्ता लिएको सांसद राईले बताए।  

गत बुधबार मुख्यमन्त्री राईले आफूविरुद्धको हस्ताक्षर एक साताभित्रमा फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका थिए। 

प्रदेशसभाको बैठक चैत २३ गतेलाई बोलाइएको छ।  
 
 

प्रकाशित: Mar 30, 2021| 14:08 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।