आइतबार, भदौ १४, २०८३

सत्यमोहन जोशीको नाममा सरकारले स्कुल खोल्ने

सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा स्कुल स्थापना गर्ने भएको छ। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा स्कुल स्थापना गर्ने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा स्कुल स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका छन्।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक स्कुल खोल्ने तयारी थाल्न र उनले चाहेकै स्थानमा स्कुल स्थापना गर्न सरकारले पहल गर्ने बताएका छन्।  

‘संस्कृतिविद् जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसक्नुभएको छ। अब सरकारले उहाँको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात् स्कुल निर्माण गर्नेछ,’ मन्त्री श्रेष्ठले भने।

आफ्नो निवासमा आएका मन्त्रीसहितको टोलीलाई स्वागत गर्दै १०१ वर्ष पूरा गरेका जोशीले आफ्नो नाममा सरकारले स्कुल खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महसुस गरेको बताए।

आगामी वैशाख ३० गते जोशी १०२ वर्ष वर्ष पूरा गर्दैछन्।

प्रकाशित: Mar 30, 2021| 12:59 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।