काठमाडौं– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ‘कंगारु अदालत’ को अभ्यास गरिरहेको बताएका छन्।
अध्यक्ष ओलीले ८ चैतमा सोधेको स्पष्टीकरणको जवाफ दिँदै पाण्डेले यस्तो आरोप लगाएका हुन्। ९ पृष्ठ लामो स्पष्टीकरण पत्रमा पाण्डेले अध्यक्ष ओलीलाई नै विभिन्न आरोप लगाएका छन्। ओलीले गुटगत भेला गरेको, पार्टी विधान उल्लंघन गरेको लगायत आरोप उनले अध्यक्षलाई लगाएका छन्।
‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको अर्थ र तपाईंले गर्दै आउनुभएका गतिविधिहरु र अपनाएको प्रक्रियाले तपाईंको गलत मनसायहरु एकपछि अर्को गरी उदांगो हुँदै आइरहेको छ। तपाईंको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ को मागले तपाईं ‘कङ्गारु अदालत’ को अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रमाणित भएको छ।
शत्रुलाई पठाइएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनु भएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनुभएका आरोपहरु कति पूर्वाग्रही छन् र तपाईँका दावीहरु कति झूठा छन् भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनुपर्ने भएकोले यो पत्र लेख्दैछु,’ पाण्डेले भनेका छन्।
यस्तो छ पाण्डेको जवाफ